|

झापा : मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले नौ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।

संघीय सरकारको अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख  रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो। बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो। 

मेची अस्पतालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत उक्त बजेट निकासा हुने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। अहिले अस्पतालमा कोरोना संक्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.