|

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोरोना संक्रमित पत्रकारको उपचार नि:शुल्क गर्न सरकारसँग माग गरेको छ। फोनिजले बुधबार एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका पत्रकारको परिवारलाई राहत व्यवस्था गर्न माग गरेको हो।

‘महामारीको चुनौतीपूर्ण अवस्थामा समेत कर्तव्य पालनामा रहेका पत्रकार कोरोना संक्रमणपछि उपचाररत छन्, ’विज्ञप्तिमा भनिएको छ, ‘संक्रमित पत्रकारको उपचारको निःशुल्क व्यवस्था मिलाउन र कोरोनाबाट ज्यान गुमाएका पत्रकारको परिवारलाई राहतको व्यवस्था गर्न फोनिज संघीय समिति नेपाल सरकारसमक्ष माग गर्दछ।’

श्रमजीवी पत्रकारहरुको पेशागत समस्यालाई मध्यनजर गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुबाट उचित राहत, लेखनवृत्ति, सञ्चार गृहहरुलाई जनचेतनामूलक र सूचनामूलक सन्देश (विज्ञापन) र मिडियाहरुलाई संरक्षण गर्न विशेष आर्थिक प्याकेज ल्याउन पनि विज्ञप्तिमार्फत फोनिजले माग गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.