|

तनहुँ : अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्ड ५ घण्टापछि एकतर्फी सुचारु भएको छ। ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

व्यास नगरपालिका–१२ कमलाबारीमा ग्याँस बुलेट र ट्रक एकापसमा ठोक्किँदा शनिबार बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

भारतबाट खाना पकाउने एलपी ग्याँस बोकेर आउँदै गरेको जी जे०६ए यू ०१९६ नम्बरको बुलेट र सोही दिशाबाट आउँदै गरेको ग१ख ७१०१ नम्बरको ट्रक कोक्किँदा राजमार्ग अवरुद्ध भएकोमा एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कायालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ‘राजमार्गबाट ट्रक हटाइसकिएको छ, तर ग्यास हटाउने कार्य भइरहेको छ, एकतर्फी सुचारु गरेर एम्बुलेन्स र अत्यावश्यक सवारीसाधनलाई आवतजावतमा सहज बनाएका छौं, ग्यास बुलेट हटाउन समय लाग्ने देखिएको छ,’ तिमिल्सिनाले भने।

​ओरालो बाटोमा आइरहेको बुलेट ब्रेक फेल भई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएको प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन। ‘दुर्घटना स्थलबाट ट्रकलाई हटाइएको भएपनि ग्यास बुलेट तेस्रिएर पृथ्वी राजमार्ग पूरै ढाकेकोले अरुरुद्ध भएको र ग्यास बुलेट सार्न जोखिम हुँदा समय लाग्ने देखिएको छ,’ उनले भने।

छुट्टै डाईभर्सन निर्माण गरेर यातयात सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ग्यास बुलेट अति प्रज्वलनशील भएकोले इन्जिनियरलाई बोलाएर ग्यास सारेर हटाइने बताइएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.