|

जनकपुरधाम : जनकपुरधामको एक मन्दिरबाट प्राचिन मुर्ति र दानपेटिका चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट गएराति दुई मुर्तिसहित दानपेटिकामा चोरी भएको हो।

जनकपुरधाम उपमहानगरपालिका –१२ कुवारामपुरस्थित उक्त मन्दिरको मुलद्वारको ताला फोडेर मुर्ति र धनमाल सहितका विभिन्न सामग्रीहरु चोरी भएको छ।

धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रले मन्दिरमा रहेको भगवान् शिवको मुर्ति तथा भगवान विष्णुको चतुर्भूज मुर्ति चोरी भएको बताए। भगवान विष्णुको चतुर्भूज मुर्ति केही वर्ष अगाडि मात्रै खेतालाहरूले खेतमा जोत्ने बेला भेटिएपछि उक्त मन्दिरमा स्थापना गरिएको थियो।

केही दिन अगाडि मात्रै मन्दिरका महन्थले गुठी संस्थानलाई पत्र लेखेर मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए। उजुरी पश्चात गुठी संस्थानले मन्दिरको जग्गामा रहेको घर तथा टहराहरू खाली गर्न लगाइएको थियो। उक्त घर तथा टहराहरू खाली गर्न लगाइएको केही दिन नबित्दै मन्दिरमा चोरी भएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.