|

काठमाडौं : कर्णाली प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा सांसदहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम नसकिएपछि बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो। 

सभामुख राजबहादुर शाहीले आजको प्रदेश सभा बैठकमा छलफल नसकिएकोले थप छलफल भोलि हुने जानकारी गराएका हुन्। 

भोलि छलफल सकिएपछि आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने तयारी छ। नीति कार्यक्रम पारित गरेर असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.