|
फाइल फोटो

काठमाडौं : मौसम पूर्वानुमान विभागका अनुसार शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको छन्। यो क्रम दिउँसोसम्म रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव र तराई भू-भाग नजिक  मनसुनी न्युन चापीय रेखा रहेकाले शनिबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनाका रहेको छ। प्रदेश १, प्रदेश २, बागमती  र गण्डकी प्रदेशका केही स्थानमा  भने भीषण वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र बागमती  प्रदेशका एक दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकहो छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती  प्रदेशका  एक दुई स्थानमा  अति भीषण वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान भीषण वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका  एक दुई स्थानमा  अति भीषण वर्षाको समेत सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना भएकाले पहाडी भूभागमा पहिरो र नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.