|

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालले आजबाट अस्पतालको सम्पूर्ण सेवा सुचारु गरेको छ।

कोरोना भाइरसको संक्रमणको कारण बन्द भएको अस्पतालको ओपिडीलगायतको अन्य सम्पूर्ण सेवा आजबाट पुनः सुरु भएको हो। जिल्लामा कोरोना संक्रमण बढेसँगै संक्रमितको उपचारको लागि अन्य सेवा बन्द गरेर अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिँदै आएको थियो। पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमितको संख्या घटेसँगै अस्पतालमा उपचार गराउने संक्रमितको संख्यामा पनि कमी आएको छ।

त्यसैले सामान्य अवस्थामा जस्तै अस्पतालले सम्पूर्ण सेवालाई सुचारु गरेको अस्पतालको रजिष्ट्रार राजेश प्रसाईँको जानकारी दिए। उनको अनुसार आइसियुमा कोरोनाको बिरामी उपचाररत रहेकोले हाललाई जनरल आइसियु भने सञ्चालन हुने छैन। अस्पतालमा अहिले १९ जना कोरोना संक्रमित उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.