|

सर्लाही : लालबन्दी नगरपालिका-१५ परवानीपुरको बाहुनी खोलाको दहमा पौडी खेल्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ। 

लालबन्दी-१३ भाडीघारीका करिब ५० वर्षीय उर्गेन वाइबाको डुबेर मृत्यु भएको हो। स्थानीयका अनुसार हिजो साँझ उनी पौडी खेल्न त्यसतर्फ गएका थिए। बाहुनी खोला लालबन्दी-१५ र लालबन्दी-१३ को सीममा पर्छ। 

शारीरिक रुपमा अलिक अशक्त उनको नजिकका नाता पर्ने कोही नभएकाले कसैले पनि चासो नदिएकाले आज बिहान दहको पानीमा लास तैरिरहेको देखेपछि प्रहरीलाई स्थानीले जानकारी गराएका थिए।

लालबन्दी इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले लासलाई बाँसको सहयोगमा बाहिर निकाली पोस्टमार्टमका लागि सदरमुकाम मलंगवा लगेका थिए। 

उर्गेन केहि वर्षदेखि छिमेकीको घरमा बस्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.