दाङ : घोराही उपमहानगरपालिका–१३ डुमरगाउँबाट एक लाख २२ हजार ५१० रुपैयाँसहित १० जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार शुक्रबार दिउँसो करिब साढे ४ बजे गनबहादुर घर्तीको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा घोराही–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा रहेको डिएसपी रिजालले जानकारी दिए।
यस्तै, वडा नम्बर १५ का २२ वर्षीय निमबहादुर रोका, वडा नम्बर १४ का वर्षीय २६ त्रिपन बुढा, वडा नम्बर १५ का ३३ वर्षीय ढोका घर्ती, वडा नम्बर १२ का ४० वर्षीय तेजलाल पुन र वडा नम्बर १३ का ६८ वर्षीय गणबहादुर घर्ती रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।