|

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ।

बिहीबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले राणालाई बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी राणालाई बढुवा सिफारिस गरिएको हो।

डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि रिक्त दरबन्दीमा राणालाई बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ। एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राणा सुनसरी जिल्ला अदालतबाट हाजिरी जमानीमा छुटेका हुन्। 

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी उपरीक्षक छायाँ देवी गुरुङलाई प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ।

नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी बरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले जानकारी दिए।

त्यस्तै, सोही अस्पतालमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश्वर अधिकारीलाई पनि प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.