|

काठमाडाै‌ं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा-१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय​ समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग भएकाे छलफलमा समितिले चार लाख विद्यार्थीलाई परीक्षा दिनुअघि खोप दिन पहल गर्न सरकारलाई समितिले सुझाव दिएको हो। 

समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिए।

उनका अनुसार बढी विद्यार्थी भएका विद्यालयमा बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ। काेराेनाले राेकिएकाे १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.