|

अर्घाखाँची : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनीतिमा संकट उत्पन्न भएको मात्र होइन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ।

बुटवलमा सोमबार ‘जिउँदा जीवराज’ नामक वृत्तचित्र सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो तीन/चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पूरा गर्न सके प्रचण्डबिनाको वामपन्थी एकता कायम गर्न सकिने बताए।

उनले अहिले पनि एमाले पहिलो शक्ति रहेको र भोलि पनि पहिलो शक्ति नै बन्ने दाबी गरे। प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाले नै नेकपा विभाजन भएको र एमालेभित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा पनि प्रचण्ड लागेका उनको भनाइ छ। 

अहिले एमाले पार्टीको आन्तरिक जीवन कठिन मोडमा रहेको र अहिलेको अवस्थामा दिवंगत नेता जीवराज आश्रितको अभाव झनै खड्किएको बताए। 'अहिले पार्टीभित्रको अनुशासन उल्लंघन गर्दै पार्टीलाई नै जुन हाकाहाकी चुनौती दिँदै हिँड्ने काम भएको छ, आश्रित हुनुभएको भए उनीहरूले (प्रचण्डहरूले) माफी पाउने थिएनन् र अनुशासन उल्लंघन गर्ने आँट पनि गर्ने थिएनन्।'

पार्टीको अनुशासनमा नबस्ने जोकोहीलाई पनि ढिलोचाँडो कार्यकर्ताले दण्डित गर्ने पोखरेलले बताए। हिजो राज्यसत्ताविरुद्ध आन्दोलन छेड्ने आश्रितको योगदानबाट बलियो बनेको एमालेका कतिपय नेता नै अहिले सत्ताका लागि पार्टीलाई कमजोर बनाउँदै पार्टीकै विरुद्ध लागेका बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.