|

धनगढी : कैलालीका एक युवक ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने कैलाली लम्कीका खेमराज खनाल पक्राउ परेका हुन्। 

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो। प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगी आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ। 

पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.