|

काठमाडौं : जापनमा जारी टोक्यो ओलम्पिकमा चीन सर्वाधिक २९ स्वर्णसहित लगातार पदक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ। 

१७ रजत र १६ कास्यसहित उसले कूल ६२ पदक जितेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले २२ स्वर्ण २५ रजत र १७ कास्यसहित कूल ६४ पदक जितेको छ। 
आयोजक जापान १७ स्वर्ण, ६ रजत र १० कास्यसहित कूल ३३ पदक जित्दै तेस्रो स्थानमा रहेको छ। चौथो स्थानको अष्ट्रेलियाले १४ स्वर्ण, ४ रजत र १५ कास्य हात पारेको छ । रुस ओलम्पिक कमिटी १२ स्वर्ण २१ रजत र १७ कास्य जित्दै कूल ५० पदकसहित तालिकाको पाँचौं स्थानमा छ। 

बेलायत, फ्रान्स, जर्मनी, दक्षिण कोरिया र नेदरल्याण्ड पदक तालिकामा क्रमशः छैठौं देखि दशौं स्थानमा छन् । हालसम्म स्वर्णपदक जित्ने देशको संख्या ५७ पुगेको छ भने ८१ देशले कुनै न कुनै पदक जितेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.