|

काठमाडौं : प्रहरीले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पछिल्लो सयम श्रृङ्खलाबद्ध रुपमा चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष टोली परिचालन गरी उक्त गिरोहलाई चोरीका सामानसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–११ का २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोशन नेपालीसहित अन्य नाबालक गरी ६ जना छन्। प्रहरीका अनुसार साउन ३ गते सन्धिखर्क नगरपालिका–११ जोगिमारेमा राज कुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी, एक ल्यापटप लगायतका सामान चोरी भएको प्रहरीमा उजुरी परेको थियो।

यस्तै साउन ५ गते हिम बहादुर सेजवालको किराना पसलबाट ५० प्रकारका किराना सामानहरु, साउन ८ गते बुद्धि बहादुर सेजवालको किराना पसलबाट बिभिन्न किराना सामानहरु, साउन १३ गते बैंकरोडमा बावुराम नेपालीको पसलबाट २ वटा पुरानो ल्यापटप २५ वटा पुराना मोवाइलहरु, एक हजार पाँच सयको रिचार्ज कार्ड लगायतका अन्य सामानहरु गरी चार स्थानमा चोरी भएको प्रहरीले जनाएको छ।

चोरी भएको रिचार्ज कार्डको प्रयोग भएको मोबाइल नम्बरहरु पत्तालगाई उक्त चोरीमा संलग्न गिरोह र चोरी भएका सामानहरु रोशनको घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई चोरी मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.