पर्वत : कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार शर्माका अनुसार दुर्घटनामा परी पोखरा महानगरपालिका–१४ खसी बजार बस्ने १९ वर्षीया खुसी प्रधान रहेकी छिन्।
बुधवार दिउँसो करिब दुई बजेको समयमा चाउथेस्थित पोखरा अन्ताराष्ट्रिय विमानस्थल अगाडि पोखराबाट काठमाडौँका लागि छुटेको बा १ प १३३८ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटर ठोक्किएका थिए। स्कुटरको पछाडि बसेकी खुसी घाइते भई उपचारका लागि तत्काल पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो। उनलाई अस्पताल लगिएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।
दुवै सवारीका चालकहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएका छ भने सवारीसाधनलाई वडा प्रहरी कार्यालय रामबजारको नियन्त्रणमा राखिएको छ।
स्कुटर कास्कीको पोखरा महानगरपालिका–७ सिमलचौर बस्ने २१ वर्षीया दीपिका गुरुङले चलाएकी थिइन् भने बस सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१३ का ३९ वर्षीय विष्णु श्रेष्ठले चलाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।