|

काठमाडाैं : टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन्। मंगलबार सम्पन्न सेमिफाइनलमा ब्राजिलले मेक्सिको तथा स्पेनले जापानलाई पराजित गरेपछि स्वर्णका लागि भिड्ने टिमको टुंगो लागेको हो।

मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यु-२३ टिमलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको ३० मिनेटमा दुवै टिमले गोलरहित खेलेका थिए।

ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिको भने सुरुवाती दुई प्रहारमा गोल गर्न असफल भयो। एक प्रहार गोल रक्षकले बचाउँदा अर्को एक पोलमा लागेको थियो। 

स्पेनका लागि एसेन्सियोको गोल निर्णायक

स्पेनले स्वर्ण भिडन्त पक्का गर्ने क्रममा आयोजक जापानमाथि संघर्षपूर्ण जित निकाल्यो। स्पेनका लागि मार्को एसेन्सियोले गरेको एक मात्र गोल निर्णायक बन्यो।

स्पेनले अतिरिक्त समयमा गरेको एक मात्र गोल निर्णायक बन्यो। स्पेन र जापानबीच निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय गोलरहित बराबरी भएको थियो। अतिरिक्त समय पनि टाइब्रेकरउन्मुख हुँदा एसेन्सियोले ११५ मिनेटमै निर्णायक गोल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.