दैलेख : तलपट्टि कर्णाली नदी माथितिर अग्ला पहाड, पहाडको बीचमा कर्णाली राजमार्ग। साविकको कर्णाली अञ्चलका नागरिकलाई यातायातको पहुँचमा जोड्ने उद्देश्यले निर्माण गरिएको कर्णाली राजमार्गको अवस्था भने बेहाल छ।
कर्णाली प्रदेशको चर्चित पर्यटकीय स्थल मुगुको रारा ताल लगायतका स्थानमा जाने प्रमुख मार्ग कर्णाली राजमार्ग हो। त्यही राजमार्गबाट आवत–जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई बेहाल राजमार्गले गिज्याइ रहेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गृह जिल्ला कालिकोट आवत–जावत गर्ने प्रमुख मार्ग भए पनि सडकको अवस्था फेरिएको छैन। जीर्ण सडक त्यसैमा पुल निर्माण नहुँदा सवारी चालक र यात्रु हैरान छन्।
कर्णालीको विकासमा संघीय, प्रदेश र स्थानीय सरकारहरुले जतिसुकै चर्का नारा लगाए पनि यहाँ विकासको अवस्था के छ भन्ने कर्णाली राजमार्ग हेर्दा छर्लङ्ग हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।