कोरोना भ्याक्सिन माग्दै परीक्षा बहिष्कार, केही विद्यार्थी पक्राउ

|

काठमाडाैं : कोरोनाविरुद्ध खोप नपाएको भन्दै काठमाडाैं बागबजारस्थित पद्मकन्या क्याम्पसमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

उनीहरूले 'नो भ्याक्सिन नो एक्जाम'को नारा नारा लगाएका थिए। बिबिए, बिआइएमलगायत स्नातक तहको छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा चलिरहेको छ। परीक्षा आज १२ बजेदेखि भइरहेको छ। 

भित्र परीक्षा भइरहे पनि बाहिर विद्यार्थीहरूले प्रदर्शन जारी राखेका थिए।  विद्यार्थीहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेपसमेत भएको थियो। त्यस क्रममा प्रहरी र विद्यार्थीबीच घम्साघम्सीको अवस्था सिर्जना भएको थियो। प्रदर्शनमा सहभागी विद्यार्थीले भाैतिक उपस्थितिले कोरोना बढाउन सक्ने खतरा बढेको भन्दै रोक्न माग गर्दै नाराबाजी गरेका हुन्। केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। 

सरकारले कोरोना संक्रमण बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.