|

काठमाडौं : मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट(मुसोम) ले भदौ २७ गतेदेखि गर्ने परीक्षा स्थगित गरेको छ। मुसोमले बिहीबार सूचना जारी गरी परीक्षा स्थगन गरेको जनाएको हो।

‘असहज परिस्थितिका कारण उपरोक्त बमोजिम परीक्षा सञ्चालक समितिको मिति २०७८ भदौ १० गतेको निर्णयअनुसार स्थगित गरिएको छ,’ मुसोमले जारी गरेको सूचनामा उल्लेख छ।

विश्वविद्यालयको परिस्थिति सहज भएपछि कम्तिमा १५ दिन पहिले नै परीक्षाको मिति जानकारी गराउने मुसोमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.