|

पर्वत : नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिमा नजिकका प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिवार भएको गाउँ तथा नगर अधिवेशनको निर्वाचनबाट बिजुक्छे चार सय १४ मतको साथमा विजयी भएका हुन्। उनका नजिकका प्रतिस्पर्धी पत्रकार समेत रहेका पराजुलीले भने तीन सय ४६ मत मात्रै पाएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घको महासचिव समेत रहेका बिजुक्छे यसअघि नेपाली कांग्रेसको पोखरा महानगरको उपसभापति रहेका थिए। 

पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी कुल एक हजार तीन सय ७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेका थिए। सभापति पदका अन्य उमेद्वारहरु रामराज लामिछानेले दुई सय नौ, मिलन प्रसाद तिवारीले एक सय ५३, मोहन बास्तोलाले एक सय २६ र ज्योति हमालले ११ मत पाएका निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिएका छन्। 

निर्वाचनबाट उपसभापतिमा पाँच सय ६९ मतले प्रयागराज भण्डारी र चार सय ६४ मतले भवसागर बराल, सचिवमा आठ सय ५८ मतले टुवराज बास्तोला र सात सय ८९ मतले गणेशबहादुर थापा तथा सहसचिवमा चार सय ६५ मतले सङ्घर्ष कोइराला र चार सय ५८ मतले संजय आले निर्वाचित भएका छन्। 

नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल प्रतिस्पर्धामा थिए भने सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारी प्रतिस्पर्धामा थिए। यस्तै सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, संजय आले र सङ्घर्ष कोइरालाबीच प्रतिस्पर्धा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.