|

कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ। 

नगरको वडा नंम्बर ७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो। स्थानीय शिवराज अस्पताल बहादुरगंजमा उपचारकोलागि सयौँ बिरामीहरू आइरहेको र अस्पतालमा बिरामीको चाप थामिनसक्नु छ।

नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ।

प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन्। एक जना बिरामीको अस्पतालमा र अर्का एकजनाको निजी क्लिनिकमा मृत्यु भएको जनाइएको छ। स्थानीय क्लिनिकमा पनि बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ। स्थानीयहरुले अहिलेसम्म दुईसयभन्दा बढी मानिसहरु बिरामी परेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.