बिजनेस दर्शन र माया पिरेम सार्वजनिक

|
तस्वीरः संगीत ओली

काठमाडौंः सारङ्गी भिलेज फाउन्डेसनद्वारा प्रकाशित अनुसन्धानमूलक पुस्तक 'नेपालका रैथाने गन्धर्व सभ्यता' विमोचन भएको छ। 

दीपक नेपाली, डिबी नेपाली र गोविन्द नेपालीको संयुक्त लेखन रहेको पुस्तक बुधबार राजधानीमा विमोचन गरिएको हो।

नेपालका गन्धर्व जातिबारे अनुसन्धान गरी लेखिएको पुस्तकमा सारङ्गी र गन्धर्व जातिको उत्पत्तिदेखिका कुरा समेट्न खोजिएको लेखकमध्ये एक दीपक नेपालीले बताए।

उनले भने, '१५ वर्षअघि मलाई म को हो, मेरो अस्तित्व के हो, मेरो उत्पत्ति के हो भन्ने जस्ता प्रश्नले सताइरहन्थ्यो। त्यसपछि सारंगी र गन्धर्वको बारेमा खोज्दै जाँदाको नतिजा यो पुस्तक हो। अनुसन्धानका क्रममा ३५ हजारभन्दा बढी डकुमेन्ट संकलन भएको रहेछ अनि त्यसलाई पुस्तकको आकार दिउँ भन्ने लाग्यो।'

साथै अनुसन्धानको क्रममा नेपाल मात्र नभएर भारतका पनि विभिन्न ठाउँको भ्रमण गरेको उनले बताए। यो पुस्तकले भावी पुस्ताको लागि एउटा अभिलेखको काम गर्ने उनले बताए। 

बिजनेश दर्शन र माया पिरेम सार्वजनिक
सोही कार्यक्रममा ट्री मिडिया न्यूजद्वारा प्रकाशित मासिक पत्रिका 'बिजनेस दर्शन' र 'माया पिरेम' म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

अर्थ तथा व्यवसायकेन्द्रित भएर प्रकाशित हुने मासिक पत्रिकाको असोज अंक बुधबार सार्वजनिक गरिएको हो। 

विश्व नेपाली र अस्मिता परियारको आवाज रहेको माया पिरेम बोलको गीत पनि सार्वजनिक गरिएको छ। डिपी खनालको शब्द रहेको गीतमा शंकर स्माइलको संगीत छ भने एरेन्ज उदयराज पौडेलले गरेका छन्। 

माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अलिसा शर्मा, डेल्विस दर्शनधारी र राज तुम्बाहाम्फेको नृत्य तथा अभिनय छ। ​डेल्विस र राज पहिलो पटक म्युजिक भिडियोमा देखिएका हुन्। 

साथै ट्री इन्टरटेन्मेन्टले नयाँ फिल्मको घोषणा पनि गरेको छ। नयाँ फिल्मबारे केही खुलाइएन।

यसअघि ट्री इन्टरटेन्मेन्टले यस्तो 'प्रेम कहानी' र 'बाग्मती' बनाएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.