|

काठमाडौं : रुपन्देहीको मोतिपुरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू आज राति १२ बजेदेखि हट्ने भएको छ।

असोज २४ गते दिउँसो ४ बजे देखि लगाइएको कर्फ्यू आज रातिदेखि हट्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी जानकारी दिए।

बुटवल उपमहानगरपालिका-१७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच गत शनिबार झडप हुँदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु भएको थियो। उक्त झडपमा प्रहरीसहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्यू लगाइएको थियो।

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले विज्ञप्ति जारी गरी नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्चबापत ५० हजार र राहतस्वरुप प्रतिपरिवार पाँच लाख रुपैया र प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ प्रदान गर्न सिफारिस भएको जानकारी दिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.