काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य ‘किरण’ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन्।
एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।
अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो। त्यस क्रममा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्।
अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था जटिल नरहेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।