|

काठमाडौं  : युएइमा जारी टी -२० विश्वकपमा अस्ट्रेलियाले वेस्टइन्डिजमाथि ८ विकेटको प्रभावशाली जितसहित समूहचरणको अन्त गरेको छ।

अब अस्ट्रेलियाको सेमिफाइनलको तय अहिले जारी दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको खेलले हुने छ। जहाँ दक्षिण अफ्रिकाले फराकिलो जित निकाले मात्र अस्ट्रेलिया बाहिरिने छ अन्यथा अस्ट्रेलिया इंग्ल्यान्डसँगै सेमिफाइनल पुग्ने छ।

टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। कप्तान किरन पोलार्डले ४४ रन बनाए। अस्ट्रेलियाका लागि जोश हेजलवुडले ४ विकेट लिए। १५८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६.२ ओभरमा २ विकेट गुमाएर सहज रुपमा लक्ष्य पुरा गर्‍याे।

जितका साथमा अस्ट्रेलियाको सेमिफाइनल संभावना बलियो बनेको छ। यद्दपि डिफेन्डीङ च्याम्पियन वेस्ट इन्डिजको जारी विश्वकप भने विर्सनलायक रहेर अन्त भयो। सुपर-१२ का ५ खेलमा केवल १ खेलमा मात्र वेस्टइन्डिजले जित निकाल्यो।

वार्नर र मार्शले दिलाए जित

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात खराब रह्यो। चौथो अभरमा अकिल हुसेनले कप्तान एरोन फिन्चलाई ९ रनमा आउट गरेका थए। यद्दपि त्यसपछि डेभिड वार्नर र मिचेल मार्शले विन्डिजालाई कुनै मौका दिएनन्। यी दुईले ७५ बलमा १२४ रनको साझेदारी गरेका थिए। मार्शले ५३ रन बनाउँदा गेलले उनको विकेट लिएका थिए। त्यस्तै डेभिड वार्न ५६ बलमा ८९ रन बनाएर अविजित फर्किए। 

वार्नरको यो टी-ट्वेन्टी अन्तराष्ट्रियमा २० औ अर्धशतक हो भने मार्शको पाँचौ हो। उत्कृष्ट इनिङ खेलेका वार्नर म्यान अफ द म्याच घोषित भए।

इंग्ल्यान्डको हातमा अस्ट्रेलियाको भविष्य

अस्ट्रेलियाको पाँच खेलमा यो चौंथो जित हो। टीम अहिले सम्म ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। अस्ट्रेलियाका लागि सेमिफाइनलमा स्थान पक्का गर्न दक्षिण अफ्रिका र इंग्ल्यान्डको नतिजा पर्खनु पर्ने छ। दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाउनका लागि कम्तिमा ६० रनको जित निकाल्नु पर्ने छ।
गेलको अन्तिम खेल १

क्रिस गेलले ९ बलमा १५ रन बनाएर आउट भए। धेरैले गेलको यो सिमित ओभरको अन्तिम खेल भएको मान्छन्। यद्दपि गेलले अहिलेसम्म अफिसियल्ली केही अनाउन्समेन्ट गरेका छैनन्।

यद्दपि उनी आउट भएपछि ड्रेसिङ रुम जाँदा हेलमेट फुकाएर ब्याट उठाउँदै बाइ(बाइ गरेका थिए। सबै खेलाडीले उनीसँग अँगालो समेत हालेका थिए। त्यसैले उनको हाउभाउले समेत उनको यो अन्तिम खेल भएको संकेत गरेको थियो।

ब्रावोले लिए विदाई

२००४ मा आफ्नो करियरको सुरुवात गरेका ड्वेन ब्राभोले अन्तराष्ट्रिय केरिकेटबाट विदा लिएका छन्। ब्राभो वेस्टइन्डिजका दिग्गज खेलाडी मध्येमा पर्छन। उनले २०१२, २०१६ मा वेस्टइन्डिजले टी-२० विश्वकप जित्दा ब्राभोले टीमका लागि एेतिहासिक प्रदर्शन गरेका थिए। ब्राभो विश्वकप क्रिकेटमा चर्चित अलराउन्डर खेलाडी मध्ये एक हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.