|
प्रधानमन्त्री आर्डेन

काठमाडौं : न्यूजील्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डेर्न फेसबुक लाइभमा बोल्दै गर्दा आफ्ना तीन वर्षीया छोरीले बोलाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। 

कोरोना भाइरस महामारी रोक्ने प्रतिबन्धात्मक उपायबारे फेसबुक लाइभमा बोल्दै गरेकी उनलाई त्यही बेला उनकी तीनवर्षे छोरीले बोलाउँदा उनको सम्बोधन केही बेर अबरुद्ध बनेको थियो। 

छोरी सुतिसकेकी होलिन् र कुनै बाधा नहोला भन्ठानेर आफूले फेसबुक लाइभ गरेको भन्दै क्षमायाचना गरेर उनी छोरी सुताउन गइन्।

प्रधानमन्त्री भइसकेपछि उनकी छोरीको जन्म भएको थियो। 

उनी सन् २०१८ मा काखकी छोरी लिएर संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.