|

झापा : झापामा यात्रुवाहक दुर्घटना भएको छ। बस दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा आइतबार दिउँसो बस दुर्घटना भएको थियो।

पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई बिरिङ पुलको रेलिङमा ठोक्किएको थियो। रेलिङमा ठोक्किँदा बस तल खस्न पाएन।

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा कनकाई नगरपालिका-७ निवासी १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको डिएसपी पाठकले बताए।

घाइते भएकाहरूमध्ये ११ जनाको बी एण्ड सी अस्पताल र ११ जनाको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। बसचालक सुनसरी वराह नगरपालिका-३ निवासी ३२ वर्षीय बाबुराम कार्कीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.