|

काठमाडौं : साइबर ब्यूरो व्यवस्थित गर्न दक्षिण कोरियाले ८० करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) का निर्देशक सुनहुन कोले र गृह सचिव टेकनारायण पाण्डेले सहयोगसम्बन्धी सम्झौतामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।

उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराधविरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले जनाएको छ।

कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी ६ वर्षभित्रमा पूरा गर्ने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.