|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तेस्रो चरणका अन्तिम दुई खेल हुँदैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। हिमालयन शेर्पा २ खेलबाट १ अंक जोडेर १२ औँ स्थानमा छ। पुलिस क्लबले भने दुई खेलमध्ये एकमा जित र एकमा बराबरीको नतिजा निकालेर ४ अंक जोडेको छ। पुलिस अंक तालिकाको सातौँ स्थानमा छ। 

यस्तै दिउँसो पौने ५ बजे दशरथ रंगशालामै हुने दोस्रो खेलमा जावलाखेल युथ र मच्छिन्द्र क्लब भिड्दैछन्। यसअघिका दुवै खेलमा हार व्यहोरेको जावलाखेल रेलिगेशन जोनमा छ। डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र एउटा खेलमा जित र एउटामा बराबरीको नतिजासहित ४ अंक जोडेर छैटौँ स्थानमा छ। 

यसअघि हिजो भएको एकमात्र खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.