|

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ।

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको हो। सभापतिमा पाँच, दुई जना उपसभापतिका लागि सात, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.