|

काठमाडौं : ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन विद्यार्थीको विवरण पठाउन सबै विद्यालयलाई आग्रह गरेको छ।

महानगरपालिकाले आइतबार एक सूचना जारी गरी किशोर अवस्थाका विद्यार्थीहरूको नाम पठाउन आग्रह गरेको हो।

सूचनाअनुसार विद्यार्थीको नाम र जन्म मिति अनिवार्य लेखेर पठाउनुपर्ने छ। सरकारले मोडर्ना खोप सरकारले आगामी पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै लगेर लगाउने तयारी गरेको छ।

पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १८ उमेर समूहका बालबालिकालाई यो खोप दिने तयारी गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.