|
फाइल फोटो

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई थप ऊर्जा मिलेको बताएका छन्। 

पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि शनिबार एक सन्देश जारी गर्दै उनले भने, महाधिवेशनले कांग्रेसलाई सुदृढ र सङ्गठित बनाउन सहयोग पुगेको छ। पार्टीमा लोकतान्त्रिक प्रतिस्पर्धा नेतृत्व छनोट गर्ने प्रक्रियाको अवलम्वन भएको छ। लोकतन्त्रको सुगन्ध तथा सौन्धर्य भनेकै आवाधिक निर्वाचन हो। निर्वाचन प्रणालीमा हार र जित खेलको स्वाभाविक र प्राकृतिक नियम हो, अर्थात खेलमा भाग लिए पश्चात हार र जित निश्चित हुन्छ।’

शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए। 

उनले सन्देशमार्फत् भनेका छन्, ‘पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पिछडिएको क्षेत्र सहमहामन्त्री पदको लडाईमा भाग लिएको थिए।म पार्टीको आन्तरिक प्रतिस्पर्धाको खेलमा प्राप्त अंकको परिणाममा योपटक छनोटमा पर्न सकिनँ। तर, पनि मत जित्न नसके पनि मन जित्न सफल भएको छु। यो परिणाम अपेक्षित र स्वभाविक थियो या थिएन, अपेक्षाकृत र अनुकुल थियो वा थिएन आम कार्यकर्ताको छलफल र बहस हुन सक्ला। तर, प्राप्त मेरो सम्पतिलाई मैले सहर्ष स्वीकार र सम्मान गर्दछु।’

सन्देशमा उनले  निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन्। कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको उल्लेख गरेका छन्। 

‘विश्वासलाई जातोमा पिल्सिन नदिने कसम खादै मेरा जिवनबूटीलाई धोका दिएर बिचैमा छोड्नु मेरो धर्म र नैतिकता होईन। लोकतन्त्रमा हार जीत स्वभाविक हो‘ सन्देशमा भनेका छन्, ‘मेरो यात्रामा पूर्णविराम लागेको छैन। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट मलाई सुदृढ र संगठित कांग्रेस निर्माणको यात्रामा थप उर्जा र हौसला प्रदान भएकोछ, कांग्रेसलाई गतिसिल बनाउन म झन सक्रिय रही रहनेछु।’

आगामी दिनमा विचलित नभई गतिशील भूमिकामा देश, पार्टी र जनताको पक्षमा लागिरहने प्रतिबद्धता समेत जाहेर गरेका छन्। राष्ट्रिय निर्वाचनमा पिछडिएका दूरदराजका ग्रामिण सीमान्तकृत कांग्रेसहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउन पहल गर्ने उल्लेख गरेका छन्। 

‘हामीले सुदृढ र संगठित कांग्रेस निर्माण गर्नुछ। आन्तरिक खेलमा भन्दा पनि विपक्षीसँगको प्रतिस्पर्धामा हामी अब्बल सावित हुनुछ’ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.