|

स्पेनिस लालिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिड गेटाफेसँग पराजित भएको छ। गेटाफेको घरेलु मैदानमा आइतबार भएको खेलमा पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा रियल पराजित भएको हो।

घरेलु मैदानमा सुरूवाती अग्रता दिलाउने क्रममा इनेस उनलले नवौं मिनेटमै गोल गरेका थिए। सोही गोलनै निर्णायक हुँदा २०१२ पछि रियललाई पराजित गर्न गेटाफे सफल भयो।

खेलमा त्यसपछि पनि दुबैतिरबाट गोलका प्रयास गरे पनि थप गोल हुन सकेन। शीर्ष स्थानको रियल पराजित भए पनि १९ खेलबाट ४६ अंक रहेको छ। हारपछि दोस्रो स्थानको सेभियासँग ११ अंकको अग्रता बनाउने अवसरबाट बञ्चित भयो।

जारी सिजन रियल उपाधि दौडमा एकलौटी रुपमा अघि बढेको छ। पराजित भए पनि रियलले दोस्रो स्थानको सेभियासँग आठ अंकको अग्रता बनाउन सफल भएको छ। रियललाई पराजित गरेको गेटाफे १८ अंक बनाएर १६ औं स्थानमा कायम छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.