|

दक्षिणी प्रशान्त महासागरको पोलिनेसियन मुलुक टोंगा टापुमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखी विस्फोट भएसँगै समुद्रमा सुनामीसमेत आएको छ।

विस्फोटको आवाज ८०० किलोमिटरको दूरीमा पर्ने छिमेकी फिजीमा पनि सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। विस्फोटपछि फिजी र न्युजिल्याण्डमा पनि सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सचेत गराइएको छ।

विस्फोटको २० मिनेटपछि नै टोंगामा सुनामी आएको थियो। घटनापछि टोंगा सरकारले देशबासीलाई सुरक्षित स्थानतर्फ भागेर जान भन्दै सूचना जारी गरेको छ।

घटनापछि टोंगामाहवाई सेवाबन्द गरिएको छ। आकाशमा धुवाँ आउनासाथ हवाई सेवा बन्द गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.