|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र थप ५ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५ सय ७० र ललितपुर जिल्लामा थप ९ सय ७५ जना संक्रमित फेला परेका छन्।

योसँगै काठमाडौंभित्र सक्रिय संक्रमितको संख्या १७ हजार ७ सय ९ पुगेको छ।

त्यस्तै, भक्तपुरमा २ हजार ३ सय ९६ र ललितपुरमा ४ हजार ४ सय ७१ जना सक्रिय संक्रमित पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

आज एकैदिन देशभर १० हजार २ सय ५८ जना कोरोना संक्रमित थपिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.