|

काठमाडौं : मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुर थिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमाछोराको एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हाम फाल्दा आमाको मृत्यु भएको छ।

छोरा गम्भीर घाइते भएका छन्। कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हाम फाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

पर्खालबाट हाम फाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात् वीर अस्पतालमा रिफर गरिएको छ।

घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवैजना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको छ।

घटनास्थलमा सुसाइड नोटसमेत भेटिएको छ। यसबारे बुझ्दा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले १९ वर्षदेखि डिप्रेशनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय लेखेको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान जारी राखेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.