|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने बताएका छन्।

पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्यव्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना–प्रवाह र सामाजिक अन्तरक्रियालगायत विषयमा आमूल परिवर्तन हुँदै आएको बताए । 

सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै उनले प्रविधिको प्रयोग बढाउँदा गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नु आजको आवश्यकता भएको धारणा राखे।

दिवसको अवसरमा शुभकामना दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचनातथा सञ्चार प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्चप्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.