|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धर्मपरिवर्तनको लहर डरलाग्दो रूपमा फैलिँदा पनि कसैले चुनावी मुद्दा नबनाएको भन्दै असन्तुष्टि जनाएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले संविधानले नै निषेध गरेको संगठित धर्मपरिवर्तन रोक्न कुनै पनि स्थानीय तहका उम्मेदवारका प्रतिबद्धतामा नपरेको बताएका छन्। 

‘धर्मपरिवर्तनको डढेलो देशभर डरलाग्दो रूपमा फैलिरहेको छ। तर,कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्’, उनले लेखेका छन्, ‘संविधानले नै निषेध गरेको प्रलोभन र भ्रममा पारेर गरिने संगठित धर्मपरिवर्तन आफ्नो पालिकामा रोक्छौँ भन्ने प्रतिवद्धता समेत कुनै दलले व्यक्त गरेनन्।’

उनले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने उल्लेख गरेका छन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.