|

काठमाडौं :  देशभर ५ जना मृत अवस्थामा फेला परेका छन्।  भक्तपुरको  चाँगुनारायण नगरपालिका-८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय विवेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्। घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  छ।

यस्तै, सप्तरीको सुरुङ्गा नगरपालिका-८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलाल दास सोही नगरपालिका-६ स्थित सुरुङगा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै, स्याङ्जाको आँधीखोला गाउँपालिका-२ सन्दिखोला बस्ने ५६ वर्षीया सुन माया नेपाली सोही गाउँपालिका-५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन्।

कपिलवस्तु, शिवराज नगरपालिका-५ पुर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगर गाउँपालिका-२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै,  कास्कीको  अन्नपूर्ण गाउँपालिका-२ ठूलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाश दाहाल सोही गाउँपालिका-२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

ओम प्रकाश र  सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण प्रसाद अधिकारी लगायत ५ जना पोखरा महानगरपालिका-२३ हर्पनबाट अन्नपूर्ण-२ ठुलाचौर जाने क्रममा ओम प्रकाश हराएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थायी प्रहरी पोष्ट बम्दीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.