|

बागलुङ : ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागलुङका राजनीतिक दलहरु सक्रिय बनेका छन्। चुनावी प्रचार गर्ने, मतदाता भेट्ने र घोषणापत्र सार्वजनिक गरिरहेका छन्।

मंगलबार पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकामा घोषणापत्र सार्वजनिक गरेको छ। ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिवद्धता सार्वजनिक गरेको हो।

गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का राजु खड्काले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धता पत्रमा आगामी ५ वर्षमा बजारभित्र रहेको विद्युतीय तथा टेलिफोनका तारहरुलाई अन्डरग्राउण्ड गरिने, औद्योगिक ग्राम संचालनमा ल्याइने, व्यावसायिक, व्यवहारिक, रोजगारमूलक, प्रयोगात्मक, प्राविधिक शिक्षाको आधार तयार गरि लागू गरिनेछ, बागलुङ बजारमा रहेको अव्यवस्थित चोकहरुलाई फराकिलो तथा व्यवस्थित गर्ने उल्लेख गरिएको छ।

पाँच वर्षभित्र प्राविधिक धार तर्फको क्याम्पस स्थापनाको विशेष तयारी गरिने, एक घर एक धारा कार्यक्रम जोड दिई नगरभित्र पाँच हजार ३७८ धारा निर्माण गरी टोलटोलमा पुर्‍याइने,  नर्सिङ सेवा सहितको अत्याधुनिक ज्येष्ठ नागरिक भवन निर्माणको चरणमा रहेका र यसलाई थप व्यवस्थित गराउने, मानव सेवा आश्रमलाई व्यवस्थित गर्नका लागि जग्गा उपलब्ध र भवन निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको घोषणा पत्रमा उल्लेख छ।

मालिकाको जंगल क्षेत्रमा जुलोजिकल पार्क निर्माणको चरणमा रहेको र यसलाई थप व्यवस्थि तगर्ने, बागलुङ बजार क्षेत्रको ढल व्यवस्थित गरिने, दिगो विकासको लागि ठूला पूर्वाधार निर्माणमा जोड दिइने, नगरपालिकाको आधुनिक प्रशासकीय भवन निर्माण गरिने र नगरपालिकाको केन्द्रदेखि प्रत्येक वडाको केन्द्र जोड्ने सडक आगामी दुई वर्षमा कालोपत्रेसहित जोडिने घोष्णा पत्रमा उल्लेख छ।

घोषणापत्रमा प्रत्येक वडादेखि टोल जोड्ने सबै सडकहरू आगामी ५ वर्षमा स्तरोन्नति गरिने, १४ वटा वडाहरूलाई समेट्ने गरी नगर सडक सञ्जालको सुरुवात गरेकोमा त्यसलाई पाँच वर्षभित्र पूर्णता दिइने र नगरपालिकाभित्र बालबालिकाहरुको लागि बालउद्यान नर्माणको कार्य अगाडि बढाइएको र त्यसलाई पूर्णता दिइने उल्लेख।

बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा सुन्दर, सभ्य र व्यवसायिक शहरको रूपमा विकास गरिने, ढोडेनी, मालढुङ्गा, झप्रीघाट, काठेखोला बोक्सेखाल्डो हुँदै खहरेसम्म कालिगण्डकी काठेखोला वातावरणमैत्री व्यवसायिक करिडोर निर्माण गरिने र बालबालिकाको शिक्षा तथा स्वास्थ्यलाई विशेष ध्यान दिदै चाइल्ड कियर सेन्टर स्थापना गरिनेछ घोषणा पत्रमा उल्लेख छ।

बागलुङ नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको गुणस्तर वृद्धिका लागि विशेष शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने, विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने खालको पाठ्यक्रमको तयारी गर्दै सामुदायिक विद्यालयको अध्ययन अध्यापन अङ्ग्रेजी माध्यमबाट गराउने व्यवस्थाका साथै सबै विद्यालयमा नैतिक शिक्षालाई जोड दिइने घोषणापत्रमा छ।

घोषणा पत्रमा प्रत्येक सामुदायिक माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधियुक्त पूर्वाधारको स्थापना गर्न अनुदान दिने व्यवस्था गरिने, विद्यालयमा सूचना तथा सञ्चार प्रविधियुक्त प्रयोगशालाको स्थापना, स्मार्ट बोर्डको प्रयोग र अन्तरक्रियात्मक विद्युतीय शिक्षण र सिकाइ प्रविधिको विस्तार एवम्ई–लाईबे्ररीको व्यवस्था गरिने, सामाजिक विकासको क्षेत्रमा शिक्षा तथा नव प्रवद्र्धन, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशिकरण र युवा तथा खेलकुदका विषयलाई जोड दिइएको छ।

पूर्वाधार विकासतर्फ सडक यातायात, अवास, भवन, वस्ती तथा शहरी विकास, वैकल्पिक ऊर्जा, सञ्चार तथा प्रविधि, फोहोरमैला व्यवस्थापनका तथा दिगो ढलनिकासको विषयलाई प्राथमिकता दिइएको छ।

प्रतिवद्धता पत्रमा वन, वातावरण तथा विपद् व्यवस्थाप, संस्थागत विकास तथा सुशासन लगायतका विषय उल्लेख गरिएको छ।

म्याग्दी, पर्वत र बागलुङको सङ्गमस्थलको रुपमा रहेको वडा नम्बर ४ ढोडेनीमा मितेरी पुल निर्माणको लागि विशेष पहल गर्ने, व्यवस्थित बस्ती र शहरी विकासको विशेष योजना ल्याइने, बस्तीबाट मोटरबाटोसम्म पुग्ने गोरेटा–घोरेटा बाटो निर्माण कार्य अगाडि बढाइएको र सो कार्यलाई थप व्यवस्थित गरिने, वडा नम्बर १३ र १४ अन्र्तगत पर्ने कालिगण्डकी करिडोरलाई उपयोग गर्दै नयाँ शहरीकरण बस्ती विकास तथा औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.