|

धनगढी : कैलालीमा एक व्यक्तिको नामबाट अर्कैले मतदान गरेको पाइएको छ। धनगढी उपमहानगरपालिका–१ त्रिनगर मावि मतदान केन्द्रको बुथ नम्बर ‘क’ मा नाम भएकी डेजी शाहले आफ्नो मताधिकार प्रयोग गर्न पाएका छैनन्। 

स्थानीय तहको निर्वाचनमा मत हाल्न उनी शुक्रवार दिउँसो मतदान केन्द्रमा पुगेकी थिइनन्। मतदाता परिचयपत्र लगेर गएकी उनलाई मतदान गर्न नदिएर फर्काइएको थियो। 

उनको नामबाट मत खसिसकेको जानकारी गराउँदै मतदान अधिकृतले उनलाई प्रवेश गर्न दिएनन्। त्यसपछि आफ्नो नामबाट अरु कसैले मतदान गरेको उल्लेख गर्दै डेजीले मतदान अधिकृत समक्ष निवेदन दिने तयारी थालेकी छिन्।   

यस विषयमा कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले छानविन पश्चात ती महिलाले मतदान गर्न पाउने बताए। स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६१ ९१० मा आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउने व्यवस्था छ। 

तर उसले व्यक्त गरेको मतलाई मत पेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ। यस्तो निविदा मतपत्रमा तपाईंले मत संकेत गरे पनि तपाईंको मत भने गणना हुँदैन। 

निर्वाचन सम्बन्धी कुनै उजूरी परेको अवस्थामा भने अदालतले आवश्यक पर्दा निविदा मतपत्रहरू पनि गणना गर्न सक्ने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.