|

जनकपुरधाम : नेकपा एमालेका सचिव रघुवीर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले संवैधानिक निकायका जिम्मेवार व्यक्ति भएर निर्वाचनको क्रममा मौन अवधिको समयमा एमालेका उम्मेदवारविरुद्ध षड्यन्त्र गर्न खोजेको भन्दै उनले संसदीय समितिसँग छानबिन गर्न माग गरेका छन्। 

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले अन्सारीउपर कारबाहीको माग समेत गरेका  हुन्।

वैशाख २९ गते आफू जनकपुरमा नरहेको समयमा मिडियामार्फत अन्सारीबारे समाचार सुनेको र उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफू र पूर्वमन्त्री जुली महतोमाथि लगाइएको आरोपप्रति आपत्ति जनाए।

संवैधानिक निकाय जस्तो जिम्मेवार पदमा बसेर अन्सारीले राजनीतिक खेल खेल्नु पदीय मर्यादाविपरीत रहेको सचिव महासेठले जानकारी गराए। महासेठले धनुषाका प्रहरी अधिकारीहरूको भूमिका पनि शंकास्पद रहेको भन्दै त्यसको समेत छानबिन गर्नुपर्ने बताएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.