|

मकवानपुर : स्थानीय तह निर्वाचनका सर्वाधिक चासोका रुपमा हेरिएको चितवनको भरतपुर महानगरको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

प्रमुख पदमा रेनु दाहाल र विजय सुवेदीबीच कडा टक्कर भइरहेका बेला बागीमा उठेका जगन्नाथ पौडेलले दुबै उम्मेदवारको टाउको दुखाई बन्दै गएका छन्। 

उनी रेनुको बागीका रुपमा उठेको भएपनि एमालेको भोट पनि जगन्नाथलाई  आउन थालेको छ। उनले दुवै उमेद्वारसँग मतान्तर साँघुरो बनाउँदै गएका छन्। 

वडा नम्बर ३ को मतगणना सुरू भएसँगै जगन्नाथ पौडेलको मत बढ्न थालेको छ। उनले ३ नम्वर वडामा झन्डै २० प्रतिशतका दरले मत पाइरहेका छन्। अरु वडामा पनि जगन्नाथले यहि गतिमा मत पाए रेनुलाई  चुनाव जित्न सकस पर्ने छ। 

कांग्रेसको गढ मानिने ३ नम्बर वडा कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटाको वडा हो। चितवन कांग्रेसमा तीन पटकसम्म सभापति भएका उनि यसपटक जगन्नाथको मेयर पदका प्रस्तावक छन्।

कांग्रेसको गढ मानिने वडा नम्बर ३ बाट २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले राम्रो मत पाएका थिए। यसपटक विजयले भने राम्रो मत पाएका छैनन्। यसपछि गणना हुने वडा नम्बर ४ जगन्नाथकै समर्थक मिना खरेलको वडा हो।

वडा नम्बर ७ जगन्नाथको आफ्नै वडा हो। यी वडाहरूमा जगन्नाथले राम्रो मत पाए रेनुलाई जित भेट्टाउन मुस्किल पर्न सक्छ।

पछिल्लो परिणाम अनुसार १० हजार ४ सय ५ मत गन्दा  विजय सुवेदीले मेयर ३६३३ मत पाएका छन् भने रेनु दाहालले ३६२९ ल्याएकी छन्। त्यस्तै  जगन्नाथ पौडेल १३९७ मत पाएका छन्। यसै गरी उपमेयरमा चित्रसेन अधिकारीले  ४११३ मत पाउँदा  हिमला गुरुङ्ग (राप्रपा)ले २८६१ मत पाएकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.