|

झापा : कनकाई नगरपालिका ७ मा नेपाली काँग्रेसको वडा अध्यक्षसहित गठबन्धनले जित हासिल गरेको छ।

काँग्रेसका भिष्मभुषण सिटौला वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका प्रकाश सिवाकोटीलाई २४८ मतले पराजित गरेका हुन्। सिटौला १११५ र सिवाकोटीले ८६७ मत ल्याएका छन्।

त्यस्तै सदस्यमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल लिम्बू ८९३ , काँग्रेसका भगन टुडु ६८७, महिला सदस्यमा काँग्रेसका अरुणा सुब्बा ९४८ र दलित महिला सदस्यमा काँग्रेसका सावित्रा कार्की ८४७ मतसहित विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.