|

काठमाडौं :बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण आउन पाउँदा आफूलाई खुसी लागेको बताएका छन्। 
 'नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका जनताहरूमाझ हुन पाउँदा खुशी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु'उनले ट्विटमा भनेका छन्।

भारतीय सेनाको विशेष विमानमार्फत उनी लुम्बिनी आइपुगेका मोदीले लुम्बिनी आइपुगेलगत्तै उनले मायादेवीको मन्दिरमा गएर पूजासमेत गरेका छन्। लुम्बिनी आएलगत्तै उनले  न्यानो स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवादसमेत दिएका छन्।

उनलाई अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरेका थिए।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजू राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरे।

साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई हार्दिक स्वागत गरे

हेलिकोप्टरबाट ओर्लिएपछि एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.