|

इटहरी : इटहरी उपमहानगरपालिका -१ मा नेपाली कांग्रेसका रतन कार्की (कैलास) विजयी भएका छन्। कार्कीले १,७४७ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी  विजय राईले ९३५ मत प्राप्त गरे। यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी कुमद चौधरीले १,५९३ मत प्राप्त गरिन्।

दलित महिला सदस्यमा कांग्रेसकै विष्णुमाया विकले १,५४४ मत प्राप्त गर्दै विजयी भइन्। यस्तै खुल्ला सदस्यमा (१ चिह्न) मा कांग्रेसकै हरिहर चौधरीले १,४६७ मत प्राप्त गरेका छन् भने खुला सदस्य (२ चिह्न) मा नेकपा एमालेका बेघविक्रम घिमिरे ९७२ मत प्राप्त गर्दै विजयी भएका छन्।

महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी चौधरीले १,१६० मत प्राप्त गरिन्। यस्तै दलित महिला सदस्यमा १,०२६ मत प्राप्त गरिन् भने खुल्ला सदस्य (१ चिह्न) मा ज्ञानेन्द्र गौतमले १,०१५ मत प्राप्त गरे। उता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जीवनाथ धमलाले भने ६२१ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.