|

विराटनगर : प्रदेश १ को सबैभन्दा धेरै स्थानीय  तह भएको मोरङ जिल्लामा १७ वटा स्थानीय तह छन्। जसमा ८ वटा नगरपालिका छ भने ८ वटा गाउँपालिका र एउटा महानगरपालिका छ।

१७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका मत गणना ८ वटा पालिकामा सकिएको  छ। एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा मत गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार सुनवर्षी नगरपालिका, लेटाङ नगरपालिका, जहदा गाउँपालिका, कानेपोखरी गाउँपालिका, कटहरी गाउँपालिका, केराबारी गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र बुढीगंगा गाउँपालिकामा मत गणना सम्पन्न भएको हो।

४ पालिकामा  एमालेले प्रमुख र उपप्रमुखमा जितेकाे छ भने एक पालिकामा उपप्रमुख जितेकाे छ। यस्तै नेपाली कांग्रेसले एक पालिकामा प्रमुख र उपप्रमुख जित हाँसिल गरेको छ भने दुई पालिकामा प्रमुख मात्रै जित हाँसिल गरेको छ। यस्तै माओवादीले केन्द्रले एक पालिकामा उपप्रमुख जितेकाे छ।

कुन–कुन पालिकामा कसको जित?

सुनवर्षी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले प्रमुख र उपप्रमुखमा जित हाँसिल गरेका छन्। एमालेका उम्मेदवार श्यामप्रसाद राजवंशीले ८ हजार ३३ सय ९ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञबहादुर कार्कीले ६ हजार ९ सय ५२ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा नेकपा एमालेकी मीरा देवी कुँवरले ८३८३ मत प्राप्त गर्दै विजयी भएकी छिन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी  बिमला देवी केवरतले ७ हजार ४ सय २७ मत प्राप्त गरेकी छिन्। लेटाङ नगरपालिकामा एमालेका भुपेन्द्र कुमार लावती विजयी भएका छन्।

उनले १० हजार २ सय २७ मत प्राप्त गरेका छन्। यस्तै उपमेयरमा कृष्णकुमारी पोखरेल विजयी भएकी छिन्। उनले ९ हजार ४ सय ८७ मत प्राप्त गरेकी छिन्। जहदा गाँउपालिमा नेपाली काँग्रेसका जितेन्द्र प्रसाद साहले ६ हजार ५ सय १ मत ल्याएर विजयी भएका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसकै हन्ना सोरेनले ५५४५ मत प्राप्त गरेर विजयी भएकी छिन्।

कानेपोखरी गाउँपालिका प्रमुखमा  नेकपा एमालेकी राजमती ईङनामले ८ हजार ९ सय ७५ मत प्राप्त गर्दै विजयी भएकी छिन् भने उपप्रमुखमा एमालेकै भोलाप्रसाद अधिकारीले ९ हजार ५ सय ७० मत प्राप्त गर्दै विजयी भएका छन्।

कटहरी गाउँपालिकामा नेपाली काँग्रेसका देशराज चौधरीले ६ हजार ५ सय ६५ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमालेकी सीतादेबी राजवंशीले ५ हजार ८ सय ४८ मत प्राप्त गर्दै विजयी भएकी छिन्। केराबारी गाँउपालिका प्रमुखमा नेकपा एमालेका सुमन मिरिङचिङ मगरले ७ हजार ८ सय १० मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा एमालेकै मनमाया मगर ७ हजार २ सय ६७ मत प्राप्त गर्दै विजयी भएकी छिन्।

मिक्लाजुङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका बबी कुमार राईले ८ हजार २ सय ५३ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट दिनेश पौडेल ६ हजार ५ सय २६ मत प्राप्त गर्दै विजयी भएका छन्।

यस्तै बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसका जित नारायण मगरले ८ हजार २ सय ९९ मत प्राप्त गर्दै विजयी भएका छन्। भने उपप्रमुखमा अमृता कुमारी गच्छदारले ९ हजार ५० मत प्राप्त गर्दै विजय हाँसिल गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.