|
फाइल तस्वीर

कञ्चनपुर : भारतको उत्तराखण्डको चम्पावत विधानसभा क्षेत्र ५५ को उप-निर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी ४ दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार जेठ १४ गते बेलुकी ५ बजे देखि जेठ १७ गते बेलुकी ५ बजे सम्म सीमानाका बन्द हुने भएको हो।

गड्डाचौकीलगायत भारतको चम्पावत जिल्लासँग जोडिएका क्षेत्रका सबै सीमानाका बन्द हुने जानकारी उनले दिए। सो समयमा स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने आवतजावत अनुमति प्राप्त हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.