|

काठमाडौं : रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्। 

निर्वाचन आयोगले आज सार्वजनिक गरेको मतपरिणामअनुसार यादव  ४ हजार ८१० मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजीव रंजन यादले ४ हजार ६२४ मत पाए।

यस्तै, उपप्रमुखमा एकीकृत समाजवादीकै प्रमिला देवी निर्वाचित भइन्। उनले ४ हजार ८९४ मत पाइन् भने उनकी निकटतम प्रतिस्पर्धी जसपाकी शीमा नेसाले ४ हजार ४८१ मत पाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.